अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पले लेखेको पत्र हस्तान्तरण गरेका छन्। पत्रमा बालबालिकाहरूको नाममा शान्तिको आह्वान गरिएको छ ।

शनिबार प्रथम महिलाको कार्यालयले फक्स न्युजमा प्रकाशित उक्त पत्र पुनः पोस्ट गरेको थियो । यो ट्रम्प–पुटिन बैठक सफल नबनेको भोलिपल्ट सार्वजनिक गरिएको हो ।

advertisement

फक्स न्युजका अनुसार, ट्रम्पले पुटिनलाई पत्र बुझाएपछि दुवै पक्षका प्रतिनिधिमण्डलहरूको उपस्थितिमा उनले तुरुन्तै पढे।

पत्रमा भनिएको छ :

“आजको संसारमा, धेरै बालबालिकाहरू आफ्नै वरपरको अन्धकारबाट अछुतो भएर पनि शान्त हाँसो बोकेर बस्न बाध्य छन् । श्रीमान् पुटिन, तपाईंले मात्र उनीहरूको त्यो मधुर हाँसो पुनः फर्काउन सक्नुहुन्छ । निर्दोष बालबालिकाको रक्षा गर्नु भनेको केवल रुसको मात्र सेवा होइन, मानवताको सेवा पनि हो ।”

“यो एक साहसी विचार हो, जसले सबै विभाजनलाई पार गर्दछ । तपाईं कलमको एउटा प्रहारसँगै यसलाई व्यवहारमा उतार्न सक्नुहुन्छ । यो समय हो”, पत्रमा भनिएको छ ।

ट्रम्पले यसअघि स्लोभेनियामा जन्मेकी मेलानियाले पुटिनबारे आफ्नो दृष्टिकोण परिवर्तन गर्न मद्दत गरेको बताएका थिए । उनले सम्झँदै भनेका थिए, “म घर गएर प्रथम महिलालाई भनेँ, ‘आज म भ्लादिमिरसँग कुरा गरेर आएँ, धेरै राम्रो कुराकानी भयो ।’ अनि उनले जवाफ दिइन्, ‘ओहो साँच्चै ? अर्को सहर त अहिले मात्रै आक्रमणमा पर्‍यो ।’”

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा नै २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने वाचा गर्नुभएको थियो । तर महिनौँ बित्दा पनि सम्झौता नहुँदा उहाँले निराशा व्यक्त गरेका थिए ।

अलास्कामा शिखर सम्मेलनअघि उनले यदि रुसले युद्धविराम स्वीकार नगरे ‘गम्भीर परिणाम’ हुनेछन् भनी चेतावनी दिएका थिए । तर पुटिनसँग भेटपछि उनले भनिरहेका थिए, “सबैभन्दा राम्रो उपाय भनेको सिधै शान्ति सम्झौतामा पुग्नु हो ।”

पुटिनले भने लामो समयदेखि अन्तिम शान्ति सम्झौतामार्फत वार्ता गर्नुपर्ने तर्क गर्दै आएका छन्। तर युक्रेन र युरोपेली सहयोगीहरूले यसलाई रुसको युद्धलाई अझै लम्ब्याउने रणनीति भन्दै आलोचना गरेका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com