काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई जरिवाना गर्न थालेको छ।
आइतबारदेखि महानगर प्रहरी बलले पूर्वसूचना दिएअनुसार सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिँदैछ।
चालु आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी महानगरले आर्थिक ऐनमा सो व्यवस्था गरेको हो।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान बढ्नु र यसबारे जनगुनासो आउनुका कारण कडाइ गर्न नयाँ जरिवाना प्रणाली ल्याइएको हो।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार












प्रतिक्रिया