काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई जरिवाना गर्न थालेको छ।

आइतबारदेखि महानगर प्रहरी बलले पूर्वसूचना दिएअनुसार सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गरिँदैछ।

advertisement

चालु आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी महानगरले आर्थिक ऐनमा सो व्यवस्था गरेको हो।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान बढ्नु र यसबारे जनगुनासो आउनुका कारण कडाइ गर्न नयाँ जरिवाना प्रणाली ल्याइएको हो।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com