धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–७ मा आमा र छोरीको शव फेला परेको छ। साउन २९ गतेदेखि बेपत्ता भएकी २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनकी छोरी अनुजा चौधरी  बिहान मृत अवस्थामा भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उनीहरू आफ्नै घर नजिकैको गौरीशंकर सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहका अनुसार आमा र छोरी एउटै रूखमा फरक–फरक पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

advertisement

आरती र छोरी बेपत्ता भएपछि परिवारले प्रहरीमा निवेदन दिएको थियो। सोही आधारमा प्रहरीले खोजी जारी राख्दा शनिबार बिहान उनीहरूको शव फेला परेको हो। डगौरा आफ्ना श्रीमान्, सासू र देवरदेउरानीसँगै बस्दै आएकी थिइन्।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

 

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com