काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

दुई दिने औपचारिक नेपाल भ्रमणमा आइतबार बिहान काठमाडौँ आइपुगेका मिस्री खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेर भेटवार्ता गरेका हुन्।

advertisement

प्रचण्डको सचिवालयका अनुसार भेटमा नेपाल–भारतबीचको आपसी हित, द्विपक्षीय सम्बन्ध सुदृढीकरण र सहयोगका विषयमा विचार–विमर्श भएको छ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com