काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ। अर्थ मन्त्रालयले गत असार २० गते प्राधिकरणलाई १० अर्ब रुपैयाँ ऋण लिन स्वीकृति दिइसकेको थियो।
प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, नगद अभावका कारण प्राधिकरणले विभिन्न ठेक्का भुक्तानी तथा विद्युत् प्रसारण लाइन क्षमता अभिवृद्धि परियोजनामा काम अगाडि बढाउन ५ अर्ब रुपैयाँ ऋण लिएर प्रयोग सुरु गरेको छ। सरकारले प्राधिकरणलाई ५.३८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको छ।
उनले आगामी आर्थिक वर्षका लागि थप ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयलाई अनुरोध गरिएको पनि जानकारी दिए। शाक्यले भने, “देशभर गुणस्तरीय विद्युतीकरण र क्षमता वृद्धिका लागि ऋण आवश्यक छ। यस बेला ब्याजदर कम भएकाले ऋण लिन उपयुक्त अवस्था छ।”
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार












प्रतिक्रिया