काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गम वा सुगम क्षेत्रमा बस्दै आएका कर्मचारीको सेवा व्यवस्थापन सुधार गर्न मन्त्रालय सक्रिय रहेको बताएकी छिन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रमुख प्रशासकीय अधिकृतहरू भदौभित्र आफ्नो कार्यस्थलमा पूर्ण रूपमा कार्यरत हुने व्यवस्था मिलाइने जानकारी दिइन्। लामो समयदेखि दुर्गममा बस्न चाहने र सुगममै बसिरहनुभएका कर्मचारीहरूको विवरण संकलन गरी सार्वजनिक गरिने पनि उनले बताइन्।
मन्त्री न्यौपानेले राष्ट्रसेवकहरूले कुनै काम नगरी तलव लिन नपाउने स्पष्ट संकेत दिँदै आर्थिक अधिकार कटौतीजस्ता कडा कदम चाल्ने चेतावनी दिइन्। उनले भनिन्, “दुर्गममा बसिरहनु भएका कर्मचारीलाई न्याय मिलाउनेछौँ र भ्यालीमा धेरै वर्ष बसेका कर्मचारीलाई अन्यत्र स्थानान्तरण गर्नेछौँ।”
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया