युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू सोमबारसम्ममा वासिङ्टनको भ्रमण गर्ने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा सोमबार भेटवार्ता हुने कार्यक्रम छ।

advertisement

राष्ट्रपति ट्रम्पले उनका रूसी समकक्षी नेता पुटिनसँग गत शुक्रबार शिखर सम्मेलन गरेका थिए। उक्त बैठकले कुनै सम्झौताका लागि अघि बढ्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम गर्न असम्भव देखिएको बताएका थिए।

युक्रेन र यसका युरोपेली सहयोगीहरूले पुटिनको अडानलाई समय खर्च गर्ने तर रुसको युद्धभूमिको प्रगतिलाई अघि बढाउने नयाँ रणनीतिको रूपमा आलोचना गरेका छन्।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट युक्रेनबारे ट्रम्पसँग बृहत् छलफल गर्न र उनलाई युक्रेनको पक्षमा उभ्याउने माहोल सिर्जना गर्ने अभियानका साथ वासिङ्टन पुग्नेछन्।

ह्वाइट हाउस जान लागेकी युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले जेलेन्स्कीलाई आइतबार ब्रसेल्समा हुने बैठकका लागि स्वागत गर्ने बताएका छन्।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्स पनि वासिङ्टन जानेछन्।

जर्मन सरकारले मर्जलाई अमेरिका जान लागेको पुष्टि गर्दै जर्मनीले ’युक्रेनमा द्रूत शान्ति सम्झौतामा चासो राख्ने’ प्रयास गर्ने बताएको छ ।

अलास्काबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई नेता पुटिनसँगको छलफलबारे जानकारी गराउने बताइएको छ। रुस र युक्रेनबीचको भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय भनेको सीधै शान्ति सम्झौतामा जानु हो जसले युद्धको अन्त्य गर्नेछ।

ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “युद्धविरामका सम्झौताहरू अक्सर रोकिँदैनन्।”

रूसी र अमेरिकी नेताहरूको अलास्का सम्मेलनपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले शनिबार भने, “यो परिवर्तनले ‘परिस्थितिलाई जटिल बनाएको’ बताएका थिए ।

यदि मस्कोमा ’आक्रमण रोक्नका लागि सरल आदेश जारी गर्ने इच्छाशक्ति छ भने रुसले दशकौंसम्म आफ्ना छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने बृहङ्गम इच्छाशक्ति राख्ने धेरै प्रयास गर्न सक्छ,” युक्रेनका राष्ट्रपति जेलेन्स्किीले सामाजिक सञ्जालमा लेखेका छन्।

युरोपेली नेताहरूले सुरुदेखि नै पुटिनसँग ट्रम्पको सम्पर्कप्रति असहजता व्यक्त गर्दै आएका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com