काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा नाफा घटेको बताएको छ ।

प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा आइतबार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको बताए। उनकाअनुसार आर्थिक वर्ष २०८०÷८१ मा भएको नाफाको तुलनामा यो ३७ दशमलव ३२ प्रतिशतले कम हो ।

advertisement

आर्थिक वर्ष २०८०÷८१ मा प्राधिकरणको कर अघिको नाफा १३ अर्ब ३० करोड रुपैयाँ थियो । प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कार्यकारी निर्देशक शाक्यका अनुसार प्राधिकरणको कुल सम्पत्ति ६ दशमलव २ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

यसैबीच, अहिले निजी क्षेत्रबाट सञ्चालित २ सय ४ आयोजना मार्फत २ हजार ९ सय २९ मेगावाट विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, ४ हजार २ सय ३ मेगावाट क्षमताका १ सय ४८ आयोजना निर्माणका क्रममा रहेको जनाएको छ ।

 

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com