काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको सुरक्षित र चाँडो रिहाइका लागि सरकार निरन्तर पहलरत रहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति दिंदै प्रधानमन्त्री ओलीले विपिनको जीवन रक्षा र शीघ्र उद्धार सरकारको पहिलो जिम्मेवारी भएको भन्दै त्यसका लागि सबै सम्भावित मार्ग अपनाइरहेको स्पष्ट पारे।

advertisement

उनले भने, “सरकार विपिनको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै छ। उनको सुरक्षित रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर समन्वय र संवाद गरिरहेको छ।”

प्रधानमन्त्री ओलीले विपिनका परिवारलाई ढाडस दिँदै सरकार उनीहरूसँगै रहेको जनाएका छन्। उनका अनुसार, इजरायलस्थित नेपाली दूतावासको सहयोगमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले त्यहाँका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग प्रत्यक्ष भेटेर रिहाइका लागि पहल गर्न आग्रह गरिसकेका छन्।

ओलीले यसअघि पनि मध्यपूर्वको शान्ति र नेपालीको सुरक्षाका विषयमा उच्च तहमा पहल गरेको स्मरण गराउँदै भने, “गत चैत ७ गते टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र फागुन २८ गते इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसेन खालिलसँग मैले फोनमार्फत विपिनको सुरक्षित उद्धारका लागि ध्यानाकर्षण गराएको थिएँ।”

इजरायलमा रहेका नेपालीहरूसँगै विपिनको सुरक्षाको लागि लागिपरेका स्थानीय नागरिक, सञ्चारकर्मी, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति प्रधानमन्त्री ओलीले आभार प्रकट गरेका छन्।

विपिनको शीघ्र रिहाइका लागि सरकारले पहल गरिरहेको छ : प्रधानमन्त्री ‌ओली

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com