काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताको एक तस्बिरलाई लिएर नेकपा (एमाले) का नेता महेश बस्नेतले असन्तुष्टि प्रकट गरेका छन्।
सो तस्बिरमा विदेश सचिव मिस्री प्रधानमन्त्रीसँग भेट्दा खुट्टा चडाएर बसेको देखिएपछि सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना भएको छ।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेता बस्नेतले भनेका छन्, “हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारअनुसार यस्तो व्यवहार सम्मानजनक मानिँदैन। प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, मर्यादित भंगिमा र सम्मानयुक्त आचरण आवश्यक हुन्छ।”
उनले व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्ता दृश्यले पद र राष्ट्रको गरिमा कमजोर पार्ने उल्लेख गर्दै कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताले नै मित्रताको स्तर झल्काउने कुरामा जोड दिएका छन्।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार












प्रतिक्रिया