काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालामाथि राजनीतिक व्यंग्य प्रहार गरेका छन्।

प्रेस चौतारी नेपाल कञ्चनपुरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कांग्रेस नेतृत्वको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भने, “एकातिर सत्तामा हिस्सेदारी खोज्ने, अर्कोतिर फेरि त्यही सरकारको विरोध गर्ने प्रवृत्ति देखिन्छ, जुन नैतिक होइन।”

advertisement

उनले कांग्रेस र एमालेबीच बनेको वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म यथावत रहने विश्वास पनि व्यक्त गरे।

पोखरेलले कोइरालामाथि लक्षित गर्दै सरकारमा सहभागी हुने र त्यसकै विरुद्ध निरन्तर आलोचना गर्ने शैली असंगत भएको टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com