धनगढी । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले माओवादी केन्द्रलाई पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई प्रत्यक्ष राजनीतिक सक्रियतामा ल्याउने निर्णयबारे सचेत रहन सुझाव दिएका छन्।
कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोख्रेलले भने, “माओवादी केन्द्रले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिक दलसँग जोड्ने निर्णय गरेको छ, जुन हाम्रो दृष्टिले गल्ती हो। यसलाई सच्याउन हामी आग्रह गर्छौं। राष्ट्रकै अभिभावकीय भूमिकामा रहिसकेका व्यक्तिहरूलाई प्रत्यक्ष दलसंग जोड्ने अभ्यास उचित हुँदैन।”
उनले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सहभागितासम्बन्धी पार्टीको निर्णय संस्थागत र लोकतान्त्रिक प्रक्रियामा आधारित भएको भए पनि राष्ट्रपतिजस्तो सर्वोच्च संवैधानिक पदमा पुगेका व्यक्तिले पदको गरिमा कायम राख्नु अति आवश्यक रहेको बताए।
“राष्ट्रपति पदमा रहेकाले दल–पार्टीभन्दा माथि उठेर मुलुकको एकता, राष्ट्रियता र समग्र हितलाई प्रतिबिम्बित गर्ने भूमिका निर्वाह गर्नुपर्छ। त्यसैले पदबाट अवकाश पाएपछि पनि त्यही मूल्य र मर्यादालाई निरन्तरता दिनु आवश्यक हुन्छ,” पोख्रेलले जोड दिए।
एमालेले पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी गरेको निर्णय लोकतान्त्रिक स्थिरता कायम राख्ने र राजनीतिक सन्तुलन सुनिश्चित गर्ने प्रयास भएको उनले स्पष्ट पारे।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया