कञ्चनपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई अनुचित अभिव्यक्ति दिनबाट बच्न सचेत गराएका छन्।

साउन ३१ गते नेता कोइरालाले भूमिसम्बन्धी विधेयकको प्रसङ्गमा ‘जहाँ खाली जग्गा छ, त्यहाँ एमाले’ भनी अभिव्यक्ति दिएका थिए। यसलाई लिएर आज कञ्चनपुरमा महासचिव पोखरेलले प्रतिक्रिया व्यक्त गर्दै भने, “शेखरजीले आफ्नै अनुहारमा छिटा पर्ने खालको अभिव्यक्ति दिनु हुँदैन। सरकारमा सामेल भएर प्रतिपक्षी व्यवहार गर्नु, हिस्साका लागि विवाद गर्नु र सरकारको पक्षमा बोल्नु नहुने कुरा नैतिक दृष्टिले उचित होइन। यस्ता व्यवहारमा सुधार आवश्यक छ।”

advertisement

पोखरेलले भूमिसम्बन्धी विषयमा अभिलेखमा स्पष्ट विवरण रहेको उल्लेख गर्दै भने, “जग्गा कहाँ छ, कसले प्रयोग गरिरहेको छ भन्ने सबै अभिलेखमा देखिन्छ। नेपाली कांग्रेसका केही नेताहरूको नाममा पनि प्रतिष्ठान रहेको हुन सक्छ। तर आफ्नै सन्दर्भ नहेरी अरूमाथि टिप्पणी गर्नु ठीक होइन।”

उनले भूमि र जमीनको वितरणको उद्देश्य भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रदान गर्नु रहेको बताए। संविधानमा पनि जमिन मौलिक हकको रूपमा उल्लेख भएकोले सरकारले त्यही अनुसार कदम चालिरहेको उनको भनाइ थियो।

महासचिव पोखरेलका अनुसार, भूमि कानुनसम्मत बनाउन लाग्दा आएको विरोधमाथि शेखर कोइरालाको अभिव्यक्तिको आलोचना गरिएको हो।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com