काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संविधान संशोधनको प्रक्रिया आगामी फागुनपछि मात्रै अघि बढाइने स्पष्ट पारेका छन्। कैलालीको धनगढीमा सोमबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सभा निर्वाचनअघि संविधान संशोधन सम्भव नहुने बताए।
पोखरेलले संविधान संशोधनका लागि कांग्रेस र एमाले सरकारमा भएको तर वर्तमान परिस्थितिमा दुई कारणले संशोधन अगाडि बढाउन कठिन भएको उल्लेख गरे।
उनले भने, “एकातिर सरकारमा रहेका दलहरू अघि सारेको मुद्दामा पर्याप्त सकारात्मक भएका छैनन्। वातावरण तयार गर्नु आवश्यक छ। वातावरण नबनीकन संविधान संशोधनमा एकैचोटी प्रवेश गर्नु ठीक हुँदैन। अर्कोतिर राष्ट्रियसभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन। ५–६ महिनापछि १९ सिट खाली हुन्छ। त्यसपछि दुवै दल मिलेर सफलता हासिल गर्न सकिन्छ। अनुकूल वातावरण बनेपछि मात्र संविधान संशोधनको विषयमा व्यवस्थित रूपमा अगाडि बढ्ने योजना छ।”
महासचिव पोखरेलले संविधान संशोधनपछि उत्पन्न हुन सक्ने अस्थिरताको चुनौतीलाई समेत हटाउने लक्ष्य रहेको बताए।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया