काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीबीच ह्वाइट हाउसमा भेटघाट हुन केही घण्टा अगाडि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेको छ।
खार्किभमा एक अपार्टमेन्ट ब्लकमा रूसी ड्रोन आक्रमणका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ, जसमा एक बच्चा पनि रहेका छन्, मेयर इहोर तेरेखोभले जानकारी दिए। उनले भने, “भवनको एक भाग भत्किएको छ र भग्नावशेषमुनि अझै धेरै मानिस फसेको हुन सक्ने आशंका छ।”
जापोरिजियामा रूसी सेनाले ग्लाइड बम प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको र अन्य छ जना घाइते भएका छन्, जसमा दुई बालबालिका पनि रहेका छन्, स्थानीय अधिकारी इभान फेडोरोभले बताए।
युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार मिसाइल र १४० ड्रोनले आक्रमण गरेको जनाएको छ। वायुसेनाले २५ विभिन्न स्थानमा ८८ ड्रोन खसालिएको दाबी पनि गरेको छ।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार












प्रतिक्रिया