काठमाडौँ । भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसधान, घोडा र विपद्पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गरेका हुन । भारतबाट ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा नतिजामुखी परिणाम दिलाउन सहयोग पु¥याउने गुणस्तरका दुई कुकुर प्राप्त भएको छ ।

advertisement

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभई सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो तथा प्रगाढ सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीच एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रुपमा ठूलो सङ्ख्यामा एक–अर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

एकै किसिमको भाषा, धर्म र संस्कृति तथा पुरानो मित्रवत् र खुला सीमाका कारण नेपाल–भारतबीच एक–अर्का देशमा सहज आवतजावतले मित्रतालाई जनस्तरमा समेत घनिष्ट तुल्याएको छ । हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागि भएमा थिए।

  • रासस

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com