काठमाडौं । दुई साताअघि डिल्लीबजार कारागारबाट रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे सोमबार पहिलोपटक खुलासा गरेका छन्।

उनले पत्रकार सम्मेलनमा करिब १० वर्षपछि सो दिन आफूले गाडी चलाएको र आफूलाई मार्ने योजना रहेको थाहा पाएपछि प्रहरीसँग सिधै सम्पर्क गरेको बताए।

advertisement

‘म गाडी लिएर प्रहरीकहाँ पुगेँ। मार्ने योजना भए पनि सायद दुई–तीन जनालाई मात्रै थाहा थियो भन्ने लागेर मैले प्रहरीकै गुँडभित्र गएँ,’ प्रसाईंले भने। उनले थपे, ‘त्यसपछि एकजना डीएसपी आएर भन्नुभयो– तपाईंले जे गर्नुभयो ठीक गर्नुभयो, अब जानुहोस् र कार्यक्रम सम्पन्न गर्नुहोस्।’

प्रसाईंले मञ्चमा पुगेपछि प्रहरी र समर्थकलाई संयमित हुन आग्रह गरेको पनि सुनाए। उनले भने, ‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्की नगर्न भन्नुभयो, र प्रहरीले पनि अश्रुग्यास नछोड्न अनुरोध गर्‍यो।’

त्यसै समयमा एकजना सिभिल पोशाकमा रहेका प्रहरीले उनलाई मार्ने योजना रहेको जानकारी गराएपछि उनले तत्काल उपत्यका छाडेको बताए। ‘कर्फ्यु लाग्दा म काठमाडौं उपत्यका छाडिसकेको थिएँ,’ उनले भने।

प्रसाईंले इन्काउन्टरको आदेश प्राप्त भएको उल्लेख गर्दै भने, ‘यो देशमा मदन भण्डारी बाँचेको भए अरूको मौका आउँदैन थियो। त्यसैले मदन भण्डारीको हत्या गरिएको थियो।’

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com