काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते तीनकुनेमा आफूमाथि गरिएको गोलीकाण्डलाई पूर्वनिर्धारित इन्काउन्टरको रूपमा व्याख्या गरेका छन्। जेलबाट छुटेपछि सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि यस घटनामा संलग्न भएको आरोप लगाएका हुन्।

राज्यसत्ता आफ्नो आन्दोलनबाट आत्तिएकाले विभिन्न लान्छना लगाएको समेत उनले जिकिर गरे । प्रसाईंले भने, ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत बनायो। चैत १५ गते मलाई मार्ने योजना गरिएको सबैलाई थाहा थियो। म तयारीका साथ त्यहाँ पुगेँ। घटना हुन करिब ४५ मिनेटअघि नै गोली चलाइएको थियो। मञ्चको पछाडिको घरबाट मलाई निशाना बनाइएको थियो। अघिल्लो दिन नै मलाई मार्ने योजना बनेको थियो। राज्यसत्तालाई नयाँ शक्ति देखेर डर लागेको थियो।’

advertisement

उनले थपे, ‘धक्कामुक्की नगर्न अनुरोध गर्दा पनि गोली चलाइयो। मलाई इन्काउन्टर गर्ने आदेश आएको रहेछ।’

प्रसाईंले तत्कालीन राजा वीरेन्द्र र एमालेका महासचिव मदन भण्डारीको हत्या पनि सत्ता र कुर्सीको लागि हुने खेलसँग जोडिएको आरोप लगाएका छन्। उनले भने, ‘यो देशमा मदन भण्डारी बाँचेको भए अरूको मौका आउँदैन थियो। राजा वीरेन्द्रको हत्या नभएको भए हिन्दूराष्ट्रको अस्तित्व पनि जोखिममा पर्ने थिएन। यहाँ सत्ताको लुछाचुँडी र कुर्सीका लागि खेल जारी छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com