काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नै राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। जेलबाट दुई साताअघि मात्र छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलनमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।

प्रसाईंले आफ्नो अभियान मात्र चलाउँदा विभिन्न अवरोध र रोकावटहरू सामना गर्नुपरेको भन्दै राजनीतिक क्षेत्रमा सक्रिय हुन बाध्य भएको बताए। उनले भने, “म राजनीतिक चेत राख्ने सफल व्यवसायी हुँ। अब मेरो परिवार भन्दा पनि मेरो प्राथमिकता नेपाल र नेपाली हुनु आवश्यक छ। बिग्रिएको व्यवस्था सुधार्न राजनीतिमा सक्रिय हुन हामी बाध्य भयौं।”

advertisement

उनले आगामी समयमा दलको नाम सार्वजनिक गर्ने तयारी रहेको जानकारी पनि दिए। “हाम्रो अभियान र साथीहरूको सहकार्यमा राजनीतिक शक्ति निर्माणका लागि नयाँ दल गठन गर्ने निर्णय गरेका छौं,” उनले थपे।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com