काठमाडौं । समाजसेवी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर आरोप लगाएका छन्।
प्रसाईंले आरोप लगाउँदै भने, “लिङ्देनले मलाई बैंक ठग भएको आरोपमा फसाउने प्रयास गरे। यस्तो विश्वासघात जीवनभर म भुल्ने छैन।”
साथै उनले लिङ्देनमाथि भारतबाट चोरी गरिएको गाडी झापामा ल्याएर बेचेर आर्थिक लाभ लिएको आरोप पनि लगाए। प्रसाईंले राप्रपाका अन्य नेताहरूले सरकारसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको आरोपसमेत प्रकट गरे।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया