काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी हुन आवश्यक रहेको बताएका छन्।

आजदेखि सुरु भएको हिन्दूकुश–हिमालय क्षेत्रका सांसदहरूको बैठकको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले दक्षिण एसियामा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू सबैभन्दा संवेदनशील रहेको बताए। उनले भारत, पाकिस्तान, नेपाल र बङ्गलादेशमा हालैका बाढी, पहिरो र अन्य जलवायुसम्बन्धी प्रकोपहरूलाई उदाहरण दिँदै समयमै सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

advertisement

महामन्त्री थापाले भने, “हामी सीमापारी जोखिम मूल्याङ्कन गर्न सक्छौँ, जानकारी र ज्ञान साझा गर्न सक्छौँ। जलवायुजन्य संकट न्यूनीकरणका लागि अब चुप लागेर बस्नु हुँदैन।” उनले भविष्यमा यस्ता जलवायु संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याए।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com