काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल जारी राख्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसेको छ।

समितिको सचिवालयले विवादित विषयलाई थाती राख्दै प्रतिवेदन तयार पारेको छ। तर, निजी विद्यालयमा पूर्ण छात्रवृत्तिसम्बन्धी प्रावधानमा अझै सहमति जुट्न सकेको छैन।

advertisement

गत साउन २२ गतेको बैठकमा पनि यो विषय टुंगो लाग्न सकेको थिएन। आइतबार समन्वय परामर्श उपसमितिको बैठक बसे पनि पूर्ण छात्रवृत्तिको विषयमा सहमति नजुटेकाले आज फेरि प्रतिवेदन समितिमा पेस गरिएको हो।

निजी विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक समावेश गर्न नसकिने दाबी गरिरहेका छन्। तर, समितिका सदस्यहरू भने विद्यार्थीलाई शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक, यातायात तथा विद्यालयमा उपलब्ध आवासीय सुविधा सबै समेटेर मात्र पूर्ण छात्रवृत्ति मान्नुपर्ने अडानमा छन्।

छविलाल विश्वकर्माको नेतृत्वमा बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमा पनि यस्तै व्यवस्था उल्लेख छ। तर आवास र पोशाक छुट्याउने प्रस्ताव समितिबाट समर्थन नपाएपछि निर्णय टुंगोमा पुगेको छैन।

यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् भने शिक्षक महासंघले पनि विधेयकप्रति असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com