काठमाडौं । गुण्डा नाइके राजु गोर्खालीलाई बैंकिङ कसुर मुद्दामा पक्राउपछि ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
आइतबार चन्द्रागिरी क्षेत्रबाट पक्राउ परेका उनलाई सोमबार अदालतमा पेश गरिएको थियो। अदालतले आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई ५ दिनको म्याद दिएर गोर्खालीलाई हिरासतमा राख्न अनुमति दिएको हो।
प्रहरीका अनुसार उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। हाल गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार












प्रतिक्रिया