काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर स्थिर सरकार बनाउन पार्टीपंक्तिलाई एकजुट भएर लाग्न निर्देशन दिएका छन्।
सोमबार पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रममा बोल्दै उनले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित धारणा समाजमा फैलाइरहेको दाबी गर्दै त्यसलाई चिर्दै कांग्रेसलाई अझ सबल र सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए।
देउवाले भने, “पार्टीका शुभेच्छुक संस्थाहरूलाई गतिशील र क्रियाशील बनाएर पार्टीभित्र व्यापक एकता कायम गर्नुपर्छ। आगामी निर्वाचनमा बहुमत ल्याई कांग्रेस नेतृत्वमा स्थिर सरकार निर्माण गर्ने हाम्रो साझा लक्ष्य हो।”
उनले अहिले पनि मुलुकको सबैभन्दा ठूलो पार्टी कांग्रेस नै भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबै मिलेर यसलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया