काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई राज्यकै संरचनाबाट सिध्याउन खोजिएको आरोप लगाएका छन्। उनले आफ्नाे हत्या प्रयासलाई नेपालका दुई चर्चित र रहस्यमय घटना—नेता मदन भण्डारी र तत्कालीन राजा वीरेन्द्रको हत्यासँग तुलना गर्दै आफूलाई पनि त्यस्तै षड्यन्त्रमा मार्न खोजिएको दाबी गरेका हुन्।
सोमबार पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले गत चैत १५ गतेको तीनकुने घटनामा आफूलाई इन्काउन्टरमा मार्ने उद्देश्यले गोली चलाइएको बताए। “मदन भण्डारी बाँचेको भए अरूको चान्स आउँदैनथ्यो, त्यसैले मारियो। राजा वीरेन्द्रलाई नमारेको भए देशलाई धर्मनिरपेक्ष बनाउन सकिँदैनथ्यो। मलाई पनि त्यसैगरी हटाउने योजना थियो,” उनले भने।
उनले आफू पुग्नुअघि नै तीनकुनेमा ४५ मिनेटदेखि गोली चलिरहेको आरोप लगाए। “मलाई मार्ने योजना छ भन्ने अघिल्लो रातमै जानकारी आएको थियो। तर म नगएको भए भोलि कोही आउँदैनथ्यो भन्ने सोचेर म जान बाध्य भएँ,” प्रसाईंले स्पष्ट पारे।
उनका अनुसार आफ्नो अभियानले सत्तासीन शक्तिहरूमा त्रास पैदा गरेको छ र त्यही कारण आफूलाई भौतिक रूपमा समाप्त पार्न खोजिएको हो। “राज्यसत्ता नयाँ उठ्ने आवाजसँग डराउँछ, अहिले पनि त्यही भएको छ,” प्रसाईंले भने।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया