काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर असन्तुष्टि र आक्रोशको ज्वाला बलिरहेको बताउँदै केही तत्वहरूले त्यसमा ‘मट्टितेल छर्कने काम’ गरिरहेको आरोप लगाएका छन्।

सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपाली समाजमा असन्तुष्टिको स्वर चुलिँदै गएको भन्दै त्यसलाई बुझ्नुपर्नेमा जोड दिए।

advertisement

‘देश अहिले असन्तुष्टिको आगोमा झोंसिइरहेको छ,’ उनले भने, ‘जता गयो त्यही रिस, आक्रोश र असन्तुष्टि देखिन्छ। तर केहीले त्यो आगो निभाउने होइन, बरु पेट्रोल र मट्टितेल छर्केर झन् दन्दनी बालिरहेका छन्।’

तर, असन्तुष्टि बढाउन भूमिका खेल्नेहरूलाई मात्र दोष दिएर नहुने भन्दै उनले त्यसको समाधान गर्ने जिम्मेवारी पनि राजनीतिक दलले लिनुपर्ने बताए।
‘हामीलाई थाहा छ, को, कसरी गरिरहेको छ,’ थापाले थपे, ‘तर औंला ठड्याउने मात्र होइन, किन आगो बलिरहेको छ भन्ने बुझ्नुपर्छ। असन्तुष्टिको मूल कारणलाई सम्बोधन गर्नुपर्छ। त्यो हाम्रो जिम्मेवारी हो, त्यो तागत हामीसँग छ।’

महामन्त्री थापाले समस्या बुझ्नेतर्फ भन्दा पनि समाधान निकाल्ने कदम चाल्न आवश्यक रहेको उल्लेख गर्दै जनतामा देखिएको असन्तुष्टि परिणाममुखी कामबाट मात्र मेटाउन सकिने बताए।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com