काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ।

उनीहरुबीच ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्कीलगायत युरोपेली नेताहररूसँग भेटवार्ता गरेका हुन्। वार्ता सकारात्मक रहेको बताइएको छ। वार्ता सकारात्मक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

advertisement

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बैठकमा सम्बोधन गर्दै भने, ‘हामी सबै युद्ध अन्त्य गर्न चाहन्छौं र रुसलाई रोक्न चाहन्छौं। सुरक्षाको ग्यारेन्टीबारे अझै छलफल हुनेछ। अमेरिकाबाट आएको सशक्त सन्देशले हामीलाई ठूलो भरोसा दिएको छ।

ट्रम्पले पनि उनीसँगको भेट सफल रहेको बताए। उनले भेटपछि पत्रकाहरूसँग भने– ‘हामी अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय बैठक गर्ने प्रयासमा छौं । रुसले पनि सुरक्षा ग्यारेन्टी स्वीकार गर्ने संकेत गरेको छ। हामीले अब के गर्ने भन्नेबारे विचार गर्नुपर्छ।’

जेलेन्स्कीसँगको वार्ता सक्किएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूसँग वार्ता अघि बढाएका छन्। नेताहरू ठूलो गोलमेच वरिपरि बसेर आ–आफ्नो धारणा राखेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार बैठकमा सहभागी सबै नेताले युद्ध रोक्नुपर्नेमा जोड दिएका छन्।

नेटोका महासचिव मार्क रुट्टेले भने, ‘हामीले यो हत्या रोक्नुपर्छ। हामीले युक्रेनको पूर्वाधारमाथि भइरहेको विनाश रोक्नुपर्छ। यो भयानक युद्ध हो।’ उनले ट्रम्पलाई वार्ताका लागि धन्यवाद पनि दिएका छन्।

त्यस्तै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले पनि युद्द रोक्नुपर्ने बताइन्। जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि अर्को बैठकमा युद्धविरामको अपेक्षा गरेका छन्।  त्यस्तै इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले शान्तिको पूर्वसर्त सुरक्षा ग्यारेन्टी भएको उल्लेख गर्दै भनिन्, ‘यसरी युद्ध दोहोरिन नदिने सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्नेछौं।’

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले त्रिपक्षीय बैठकलाई आवश्यक बताएका छन्। यता बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो युद्धले ब्रिटेनमा पनि समस्या परेको भन्दै समाधानका लागि पहल गर्नुपर्ने मत राखे।

ट्रम र जेलेन्स्कीको वार्तापछि भएको युरोपेली नेताहरुसँगको वार्ताले केही आशा दिलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। गत अगस्ट १५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता असफल भएपछि डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई वार्ताका लागि ह्वाइट हाउमा निम्तो दिएका थिए।

 

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com