काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्मा तत्काल कुनै प्रस्ताव दर्ता गर्ने तयारी नरहेको स्पष्ट पारेका छन्।
उनले भने, ‘एमाले र कांग्रेसका सांसदहरू आफ्नो दलको कार्यालयमा उपस्थित हुनु अस्वाभाविक कुरा होइन। तर, उपसभामुखलाई हटाउने विषयमा हल्ला कसरी फैलियो, थाहा भएन। यद्यपि, उपसभामुखसम्बन्धी उठेका प्रश्नहरूको जवाफ संसद्मा दिनुपर्ने बाँकी छ।’
बर्तौलाका अनुसार अहिलेभर्खरै कुनै प्रस्ताव दर्ता गर्ने सोच एमाले वा कांग्रेस दुबै दलमा छैन। ‘उहाँविरुद्ध प्रस्ताव दर्ता गर्ने तत्काल योजना छैन, न हाम्रो छ न कांग्रेसको,’ उनले स्पष्ट पारे।
यद्यपि, आज बिहान दुवै दलले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए। नेताहरूका अनुसार यो हस्ताक्षर सभामुख रानामगरविरुद्ध सम्भावित प्रस्ताव दर्ताका प्रयोजनका लागि अग्रिम तयारीस्वरूप गरिएको हो।
प्रमुख सचेतक बर्तौलाले उपसभामुखमाथि उठेका गम्भीर प्रश्नहरूको समाधान भने अनिवार्य रूपमा संसद्मै खोजिनुपर्ने बताए।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया