काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ। सोमबार लामिछानेलाई बिरामी भएपछि वीर अस्पताल ट्रमा सेन्टरका चिकित्सकहरूले उनका रगतको परीक्षण गरेका थिए।

परीक्षण रिपोर्टका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेलाई भिटामिन ‘डी’ को कमी भएको बताएका छन् भन्ने जानकारी रास्वपा प्रवक्ता मनिष झाले सार्वजनिक गरे। उनले थपे, केही स्वास्थ्य पक्षमा गम्भीर सावधानी अपनाउन आवश्यक भएकाले डाक्टर यादवले लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको थियो।

advertisement

झाका अनुसार, “सभापतिज्यूको रगत परीक्षण रिपोर्टअनुसार उहाँको शरीरमा भिटामिन ‘डी’ को कमी देखिएको छ। लामो समयसम्म रुपन्देही कारागारमा थुनिएको, बाहिरी हावा नपाएको र घाम नपाएको कारण यस्तो अवस्था आएको डाक्टरले बताएका छन्,” उनले बताए।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com