काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ। सोमबार लामिछानेलाई बिरामी भएपछि वीर अस्पताल ट्रमा सेन्टरका चिकित्सकहरूले उनका रगतको परीक्षण गरेका थिए।
परीक्षण रिपोर्टका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेलाई भिटामिन ‘डी’ को कमी भएको बताएका छन् भन्ने जानकारी रास्वपा प्रवक्ता मनिष झाले सार्वजनिक गरे। उनले थपे, केही स्वास्थ्य पक्षमा गम्भीर सावधानी अपनाउन आवश्यक भएकाले डाक्टर यादवले लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको थियो।
झाका अनुसार, “सभापतिज्यूको रगत परीक्षण रिपोर्टअनुसार उहाँको शरीरमा भिटामिन ‘डी’ को कमी देखिएको छ। लामो समयसम्म रुपन्देही कारागारमा थुनिएको, बाहिरी हावा नपाएको र घाम नपाएको कारण यस्तो अवस्था आएको डाक्टरले बताएका छन्,” उनले बताए।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया