काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले उपसभामुख इन्दिरा रानाविरुद्ध पद अनुकुल आचारण नगरेको विषयमा प्रस्ताव ल्याउनुको कारण राजनीतिक आवश्यकतासँग जोडिएको बताएका छन्। उनले समयमै उचित कदम चाल्नु अपरिहार्य भएको र प्रक्रियालाई निरन्तरता दिइएको बताए।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद थापाले भने, “कुनै पनि विषयको उपचार वा कदम समय अनुसार लिनुपर्छ। अहिले आवश्यकता पर्‍यो, त्यसैले यो कदम चालिएको हो।”

advertisement

उपसभामुखले दल छोडेको प्रमाण एक वर्षअघि सार्वजनिक भए पनि अहिले किन यो विषय उठेको भन्ने प्रश्नमा उनले बिरामीको उदाहरण दिँदै जवाफ दिए। थापाले भने, “मान्छेलाई खुट्टा वा टाउको दुख्छ, तर जब गम्भीर रोग पत्ता लाग्छ, त्यसपछि मात्र उपचार सुरु हुन्छ। यही प्रक्रिया यहाँ पनि लागु भएको हो।”

सांसद थापाले वर्तमानमा ‘समस्या पहिचान गर्ने’ चरणमा रहेको र त्यसपछिको कारबाही प्रक्रिया नियमानुसार अघि बढ्ने पनि स्पष्ट पारे। यसैबीच, नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई पदबाट हटाउने तयारी गरिरहेका छन्।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com