काठमाडौं। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-३, देउराली नजिकै मिनी बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

घाइते हुनेमा चामुण्डा बिन्द्रासैनी–२ की २७ वर्षीया मिना विष्ट, वडा नम्बर–१ का ४२ वर्षीय सुरेन्द्र शाही, वडा नम्बर–२ की २४ वर्षीया निर्मला सुवेदी र वडा नम्बर–४ की ७० वर्षीया पुन्टी शाही रहेका छन्।

advertisement

प्रहरीका अनुसार, बिन्द्रासैनी–३ हाडाकोटको चाल्ने चौताराबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ ख.०१७० नम्बरको मिनी बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि दुल्लु अस्पताल पठाइएको छ। बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com