काठमाडाैं । उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने सत्ता गठबन्धनको तयारीमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि खुलेरै समर्थनमा उभिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ती दुवै दलमाथि प्रहार गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले परिवर्तन र नवीनताको नाममा राजनीति गर्ने जनमत र नाउपाले अन्ततः पद र अवसरको मोह देखाएको टिप्पणी गरे। उनले भने, मुलुकमा नयाँ विकल्प दिने भन्दै आएका दलहरू पनि अन्ततः पदको सौदाबाजीमै अल्झिएका छन्।
उनले लेखे, ‘मुद्दा परिवर्तनको बोक्छ, लालसा पदको राख्छ। विद्रोह शक्तिको गर्छ, पूजा सत्ताको गर्छ। (जनमत र नाउपा)’
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया