काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले पार्टी नेतृत्वलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष रन्जिता चौधरीको नेतृत्वमा पार्टीले न त केन्द्रीय समिति बैठक बोलाएको, न लेखापरीक्षण गराएको, न त संगठनलाई सक्षम बनाएर अघि बढाएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।
“निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन। म अध्यक्ष हो र? केन्द्रीय समितिको बैठक बसेर निर्णय बुझाए भइहाल्थ्यो त,” चौधरीले भनेका छन्।
उनले पार्टीभित्र देखिएका समस्याको दोष आफूलाई मात्र थोपार्ने प्रयास भएको दाबी गर्दै समाधानमुखी बन्न नेतृत्वलाई आग्रह गरे।
रुपन्देहीबारे पनि चौधरीले स्पष्ट धारणा व्यक्त गर्दै भने, “हाम्रो उम्मेदवार उठ्छ। म राजनीतिक व्यक्ति हुँ। यही सातादेखि प्रचार–प्रसारमा खटिन रुपन्देही आउँछु।”
पार्टी विभाजनका सहयोगीलाई न केवल दलबाट, समूहमैबाट बहिष्कार गर्नुपर्ने चौधरीको भनाइ छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया