काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले पार्टी नेतृत्वलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष रन्जिता चौधरीको नेतृत्वमा पार्टीले न त केन्द्रीय समिति बैठक बोलाएको, न लेखापरीक्षण गराएको, न त संगठनलाई सक्षम बनाएर अघि बढाएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन्।

advertisement

“निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन। म अध्यक्ष हो र? केन्द्रीय समितिको बैठक बसेर निर्णय बुझाए भइहाल्थ्यो त,” चौधरीले भनेका छन्।

उनले पार्टीभित्र देखिएका समस्याको दोष आफूलाई मात्र थोपार्ने प्रयास भएको दाबी गर्दै समाधानमुखी बन्न नेतृत्वलाई आग्रह गरे।

रुपन्देहीबारे पनि चौधरीले स्पष्ट धारणा व्यक्त गर्दै भने, “हाम्रो उम्मेदवार उठ्छ। म राजनीतिक व्यक्ति हुँ। यही सातादेखि प्रचार–प्रसारमा खटिन रुपन्देही आउँछु।”

पार्टी विभाजनका सहयोगीलाई न केवल दलबाट, समूहमैबाट बहिष्कार गर्नुपर्ने चौधरीको भनाइ छ।

पत्नि रन्जिता लक्षित रेशमकाे कटाक्ष- दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न

 

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com