काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तापक्षको प्रयासलाई गम्भीर गल्तीको संज्ञा दिएका छन्।
मंगलबार पार्टी मुख्यालयमा प्रतिपक्षी दलहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै दाहालले उपसभामुख रानामगर आदिवासी जनजाति महिला तथा सामाजिक व्यक्तित्व भएकाले उनलाई बिना कारण हटाउन खोज्नु अन्याय हुने बताए।
उनले भने, ‘यस्तो पृष्ठभूमि र योगदान भएकी व्यक्तिलाई कारणबिनै हटाउने प्रयास गर्नु गलत कदम हो। माओवादी केन्द्र यसविरुद्ध दृढतापूर्वक उभिन्छ।’
दाहालले रानामगरलाई हटाउने प्रयास धेरै अघि देखि हुँदै आएको चर्चा गर्दै सरकारले त्यसलाई निरन्तरता दिन खोज्नु अर्को राजनीतिक गल्ती भएको टिप्पणी गरे।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया