काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेललाई ससुराली भ्रमणसँग तुलना गर्न नहुने टिप्पणी गरेका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले पछिल्लो समय एमाले र कांग्रेसलाई दोषारोप मात्र गरेर आफूलाई मात्र उत्कृष्ट ठान्ने राजनीतिक संस्कृतिको विकास भएको उल्लेख गरे।
उनले भने, ‘एमाले र कांग्रेसलाई मात्र दोष लगाएर आफू मात्र असल भन्ने प्रवृत्ति बढेको छ। तर वास्तवमा त्यस्तो पार्टी कुन गतिलो छ भन्ने प्रमाण दिनुपर्छ। जेल त ससुराली जाने ठाउँ होइन, त्यहाँ ढोका र झ्याल दुवै बन्द हुन्छन्।’
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै १४ वर्ष जेल जीवन बिताएका नेता चोर भन्न सकिँदैन भन्दै प्रश्न उठाए।
‘जेल त हामी पनि भोगेका हौँ। खड्गप्रसाद ओलीले १४ वर्ष कालकोठी सहनुभयो। अब तिनीहरू चोर हुने र अहिलेका ठगीमा मुछिएका असल हुने ? यो कसरी सम्भव हुन्छ ?’ सांसद थापाले प्रष्ट पारे।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया