काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरू नियन्त्रणमा ल्याइने बताएका छन्।

मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले दर्ता नगरी सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूले अराजकता फैलाइरहेको बताएका हुन्।

advertisement

प्रधानमन्त्री ओलीले भने, “कतिपय सामाजिक सञ्जालहरू भन्छन्—तिमीहरूको कानून मान्दिनँ, दर्ता हुँदिन। तर, अब त्यस्ता सञ्जाललाई नियन्त्रण गर्नुपर्छ।”

उनले नियममा नआउने, दर्ता नगर्ने, कर नतिर्ने र गैरजिम्मेवार रूपमा सञ्चालन हुने प्रवृत्तिबाट समाज र राष्ट्र दुवैलाई क्षति पुगेको भन्दै नियन्त्रणको आवश्यकतामा जोड दिए।

“समाज ध्वस्त पार्ने, जनता ठग्ने, कर छल्ने र देशलाई बर्बादीतिर धकेल्ने प्रयास सफल हुन दिइने छैन,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com