कृषि क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न संघीय सरकारले उच्च प्राथमिकता दिएको र रासायनिक मल लगायतमा दिदै आएको सहुलियतको मात्रा बढाउन मन्त्रालयले पहल गरिरहेको बताए।

जनकपुर । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेशको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफुले प्रदेश र स्थानीय सरकार सग समन्वय गरि पहलकदमी लिने बताएका छन्।

advertisement

मधेस प्रदेशमा कृषिको अवस्था , सरकारले खडेरीका कारण विपद क्षेत्र घोषणा गरे पछिको अवस्था , रासायनिक मलको उप्लब्धता , किसानले भोग्नुपरेको समस्या, किसानलाई आवश्यक रासायनीक मलको उपलब्धता, कृषियोग्य भुमिमा सिंचाइको अबस्था, उखु किसानको समस्या तथा कृषिमा आधुनिकीकरणको योजना लगायतका विषयमा जानकारी लिन सांसदहरुको टोली सहित जनकपुर आएका मन्त्री अधिकारीले मधेश प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा गरेको छ्लफलमा मन्त्री अधिकारीले मधेस प्रदेशमा अहिले कृषि क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न संघीय सरकारले उच्च प्राथमिकता दिएको र रासायनिक मल लगायतमा दिदै आएको सहुलियतको मात्रा बढाउन मन्त्रालयले पहल गरिरहेको बताए।

छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेस प्रदेश कृषि मन्त्री जनार्दनसिंह क्षेत्री, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री रामकृष्ण यादव, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री अमनलाल मोदी, प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री हरि प्रसाद उप्रेती, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोबिन्द शर्मा, मधेस प्रदेश सरकारका मुख्य सचिव मदन भुजेल, मधेस प्रदेश सरकार भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहाल लगायत कृषि तथा पशुपन्छी विकास मन्त्रालयसंग सम्बन्धित निकायका उच्च तहका कर्मचारी एवं प्रतिनिधिहरू सहभागी थिए ।
छलफलका क्रममा उठेका बिषयवस्तुहरूलाई तत्काल सम्बोधन गर्न संघीय सरकारले प्रदेश र स्थानीय सरकारसंग सहकार्य गरि तत्कालिन, अल्पकालिन र दिर्घकालिन किसिमको योजना तर्जुमा गरि कार्यन्वयन गर्न/गराउन आवश्यक पहलकदमी लिने मन्त्री अधिकारीले बताए ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com