काठमाडौं । बेलायतका सेना प्रमुख अमेरिका भ्रमणमा जाने तयारीमा छन्। उनी यस यात्रामा युक्रेनका लागि “सुरक्षा ग्यारेन्टी” सम्बन्धी विस्तृत वार्तामा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री किअर स्टार्मरले रक्षा प्रमुख सर टोनी राडाकिनलाई युक्रेनमा शान्ति सम्झौता भएमा आवश्यक सुरक्षा उपाय तयार पार्न निर्देशन दिएका छन्।

advertisement

यसैबीच, प्रधानमन्त्री स्टार्मरले “गठबन्धन राष्ट्रहरू”को भर्चुअल बैठकको अध्यक्षता गर्ने भएका छन्। अमेरिकामा हुने छलफलको नतिजा उक्त बैठकमा प्रस्तुत गरिने र आगामी रणनीतिका बारेमा निर्णय गरिने बीबीसीले जनाएको छ।

गठबन्धनमा बेलायत, फ्रान्स, जर्मनी लगायतका देशहरू समावेश छन्। युक्रेनमा शान्ति स्थापना भएपछि त्यसको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्। जर्मनीका चान्सलर फ्रेडरिक मर्जका अनुसार बैठकमा सुरक्षा ग्यारेन्टीसम्बन्धी विस्तृत छलफल हुने छ। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क पनि यस बैठकमा सहभागी हुने जानकारी दिइएको छ।

यसैबीच, रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत उक्त गठबन्धनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com