काठमाडौं । ठिक एक वर्षअघि सम्पन्न टानको निर्वाचनमा डा. राम शरण थापालिया अग्रपंक्तिमा उभिएर राजेन्द्र सापकोटालाई पराजित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। थापालियाको सक्रियता, रणनीति र निरन्तर प्रयासकै कारण सापकोटा पछि धकेलिनु निश्चित भएको थियो।

तर, आज परिस्थितिले नयाँ मोड लिएको छ। त्यही थापालियाको खुट्टामुनि टेकेर सापकोटा नेपाल पर्वतारोहण संघको निर्वाचनमा अघि बढिरहेका छन्। यस क्रममा उनले समाजमा विभाजन ल्याउने अभिव्यक्तिहरूसमेत दिइरहेका छन्, जसलाई लिएर स्थानीय वृत्तमा चर्चा बढेको छ।

advertisement

टानमा पराजित सापकोटा अहिले थपालियाको सहारामा अघि बढिरहेका छन्। तर थापालियालाई लिएर भने नयाँ प्रश्नहरू उठेका छन्। संघको निर्वाचन जिताउने अभियानमा सक्रिय देखिएका थपालिया आफैं भने नेपाल पर्वतारोहण संघ (NMA) का साधारण सदस्य समेत नभएको खुलेको छ।

हिजो प्रतिस्पर्धामा धकेलिएका सापकोटा आज त्यही प्रतिस्पर्धी थापालियाको सहारामा अघि बढ्नुले केवल अवसरका लागी मात्र दौडिएको सन्देश प्रस्ट जाने देखिन्छ अहिले सपकोटाको यात्रा थपालियाको भरमा अघि बढिरहेको छ। तर भोलि फेरि कोसँग हातेमालो हुन्छ, कसको काँध चढेर को अघि बढ्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ।

हिजो ढलेको मान्छे आज उठेर त्यही ढाल्नेको काँधमा हात राख्दै अघि बढ्दा दृश्य साँच्चै रोचक बनेको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com