काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।
समितिका बैठकहरू सिंहदरबारस्थित आआफ्नै बैठक कक्षमा बस्नेछन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुनेछ ।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार













प्रतिक्रिया