काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज पनि आन्तरिक रणनीति तय गर्न छलफलमा बस्ने भएको छ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकअघि करिब एक घण्टा पहिलेदेखि रास्वपाले आफ्ना सांसदहरूबीच आन्तरिक परामर्श गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

advertisement

उनका अनुसार संसद् बैठक अघि हरेक दिन रास्वपाले आन्तरिक बैठक गर्ने गरेको छ। सो क्रममा पार्टीका सांसदहरूले दिनको कार्यसूचीअनुसार कसले के विषयमा बोल्ने भन्ने टुंगो लगाइन्छ।

अर्यालले आजको छलफल पनि सोही नियमित प्रक्रियाअन्तर्गत बस्न लागेको बताए।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com