काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँ घटेको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार













प्रतिक्रिया