काठमाडाैं । नाइजेरियाको उत्तरपश्चिमी राज्य कात्सिनाको उन्गुवान मान्टाउ सहरमा अज्ञात बन्दुकधारीहरूले एक मस्जिदमा आक्रमण गरेर कम्तीमा २७ जनाको हत्या गरेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू मस्जिदमा भएको समयमा मंगलबार बिहानको नमाजको समयमा यो आक्रमण भएको थियो ।

स्थानीय प्रशासनका अनुसार, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन । तर यस क्षेत्रमा किसान र गोठालाहरू बिच जमिन र पानीलाई लिएर लामो समयदेखि तनाव चलिरहेको थियो ।

advertisement

सञ्चार माध्यमहरूमा छापिएका समाचारलाई पत्याउने हो भने, यो विवादका कारण प्रायः हिंसात्मक झडप र हत्याहरू हुने गरेका छन् । यस आक्रमण पछि बढ्दो तनावलाई ध्यानमा राख्दै, अरु आक्रमण हुन नदिन सो क्षेत्रमा सेना र प्रहरीलाई क्षेत्रमा तैनाथ गरिएको राज्य आयुक्त नासिर मुआजुले बताए ।

वर्षाको समयमा, बन्दुकधारीहरू प्रायः खेतमा बालीनालीहरू बीचमा लुकेर गाउँहरूमा आक्रमण गर्ने गर्छन् । यो आक्रमण गाउँलेहरूले हालै केही आक्रमणकारीहरूको हत्या गरेको प्रतिक्रियामा गरिएको हुन सक्ने अधिकारीहरूको ठम्याई छ । गत सप्ताहन्तमा, स्थानीय मानिसहरूले एम्बुस हानेर धेरै बन्दुकधारीहरूलाई मारेका थिए । – एजेन्सी

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com