काठमाडौं ।  सर्वोच्च अदालतले गौर हत्याकाण्ड छानबिन गर्न दिएको परमादेशबारे संघीय लोकतान्त्रिक मोर्चाले बुधबार बैठक बोलाएको छ।

मोर्चाको बैठक थापागाउँस्थित जनता प्रगतिशील पार्टी नेपाल केन्द्रीय कार्यालयमा साँझ ५ बजे बस्ने भएको छ। राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बैठकको जानकारी दिएका छन्।

advertisement

बैठकमा मुख्यत दुई विषयमा छलफल हुने बताइएको छ। पहिलो, रौतहटको गौरमा २०६३ चैत ७ गते भएको हत्याकाण्ड छानबिनका लागि सर्वोच्च अदालतले दिएको परमादेशबारे मोर्चाको धारणा तय गर्ने। गौर हत्याकाण्डमा मोर्चा घटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि नाम जोडिएका छन्। उनीविरुद्ध अनुसन्धानका लागि उजुरी परेको थियो।

यसअघि मंगलबार यादवले परमादेशप्रति आत्तिन आवश्यक नभएको बताएका थिए। उनले गौर घटनालाई राजनीतिक विषय भएकाले राजनीतिक समाधान खोजिनुपर्ने तर्क राखेका थिए। यादवले भने, “सर्वोच्चबाट करिब १९ वर्षपछि अनुसन्धानका लागि परमादेश जारी भएको खबर सञ्चार माध्यमबाट थाहा भयो। तर पूर्णपाठ नपढिकन त्यसमा प्रतिक्रिया दिने समय आएको छैन। पहिले पूर्णपाठ पढौँ। म अझै यसमा किन यस्तो कदम चालियो भन्ने कारण खोज्दैछु। हामी सधैं अन्यायविरुद्ध र न्यायका पक्षमा खडा भएका हौँ।”

त्यसैगरी, आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन तयारीसमेत छलफल हुनेछ। मोर्चाले घटक दल नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार उठाउने तयारी गरिरहेको थियो। तर दलले दर्ता नहुँदा स्वतन्त्र उम्मेदवार उठाउने विकल्पबारे आज निर्णय गरिने भएको छ।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com