काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन्। स्वास्थ्य समस्या भएकाले उनी बैठकमा आउन असमर्थ रहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा बर्तौलाले बताएअनुसार, “स्वास्थ्यका कारण प्रधानमन्त्रीले सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन आज संसद् बैठकमा उपस्थित हुन सक्नुहुन्न।” यससँगै प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज स्थगित भएको छ।
यसअघि आजको संसद् बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार सांसदहरूले सोध्ने प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची तय भएको थियो।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया