काठमाडौं ।  नेकपा (एमाले)का नेता महेश बस्नेतले पपुलारिज्मले छोटो समयमा ठूलो समर्थन जुटाउन सक्ने भए पनि यसको दीर्घकालीन परिणाम विनाशकारी हुने चेतावनी दिएका छन्।

उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उदाहरण दिँदै प्रारम्भिक दिनमा भ्रष्टाचारविरोधी नारा र लोकप्रिय छविबाट सत्तामा पुगे पनि अनुभव र रणनीतिक क्षमताको अभावका कारण मुलुकलाई युद्ध र आर्थिक संकटबाट जोगाउन नसकेको बताए।

advertisement

बस्नेतका अनुसार रसियासँगको युद्धले युक्रेनलाई ध्वस्त पारेको छ, ठूलो भूभाग गुमेको छ, खर्बौं डलरको क्षति भएको छ र लाखौंको ज्यान गएको छ।

उनले नेपालमा पनि भावनामा बग्ने लोकप्रियताभन्दा अनुभव, नीति र दूरदृष्टि भएका नेतृत्वलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। पपुलारिज्म क्षणिक रूपमा आकर्षक देखिए पनि दीर्घकालमा विनाशकारी हुने उनले निष्कर्ष प्रस्तुत गरे।

पपुलारिजम क्षणिक हाे, अनुभवी नेतृत्वलाई प्राथमिकता दिनुपर्छ : महेश बस्नेत

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com