काठमाडौं । नेपाली कांग्रेसले अमेरिकामा उपसभामुख इन्दिरा राना मगर सहभागी हुने कार्यक्रमबारे प्रश्न उठाएको छ।
बुधबार संसद् कार्यव्यवस्था बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले अमेरिकी कार्यक्रममा गएको विषयमा सभामुख देवराज घिमिरेसँग जिज्ञासा राखेका थिए। खतिवडाले सोधे, “उपसभामुख के कार्यक्रममा जानुभयो? संसदसँग सम्बन्धित हो कि होइन? एनजिओ वा आइएनजीओको कार्यक्रममा जानुभयो कि?”
सभामुख घिमिरेले जवाफ दिनु भयो, “उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम होइन। उहाँ अन्तिममा जानुभयो भनेर जानकारी दिनुभयो, र यसमा संसदको बजेट खर्च हुने कार्यक्रम पनि होइन। उहाँ आफैं जानुभएको हो र स्वदेश फर्कने मितिसम्म जानकारी दिइसक्नुभएको छ।”
यसबीच, कांग्रेस र एमालेले उपसभामुखको आचरण सम्बन्धमा प्रश्न उठाउँदै पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार













प्रतिक्रिया